मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ



काठमाडौं । बलात्कारको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

आफ्नो घरमा काम गर्न राखेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको हो ।


उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरेलविरुद्ध रामेछाप घर भएकी एक किशोरीले जबरजस्ती करणीसम्बन्धी प्रहरीमा जाहेरी दिएकी थिईन् ।