मधेश प्रदेशमा जनमतका दुई मन्त्रीको राजीनामा



जनकपुरधाम । मधेश प्रदेश सरकारका जनमत पार्टीका मन्त्रीले राजीनामा दिएका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले सोमबार राजीनामा दिएका हुन् ।


मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए ।

उनीहरुले पार्टीको निर्देशन अनुसार नै राजीनामा दिएको बताएका छन् ।