प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने



काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


यसैगरी आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दफावार छलफलका लागि प्रस्तुत गरिने छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।