थाई विदेशमन्त्री र नेत्री सुचीबीच हिरासतमा भेटवार्ता



थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुचीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उनले द्वन्द्वग्रस्त म्यान्माको संकट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिएको बताएका छन् ।

सन् २०२१ को फेव्रुवरी १ मा सेनाले नेत्री सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जामा लिएर उनको राजनीतिक दल नेसनल लिग फर डिमोक्रेसीका अन्य अधिकारीलाई हिरासत राखेपछि थाई विदेश मन्त्री डोन प्रमुडविनाइले उनलाई पहिलोपटक भेटेका हुन् । नेत्री सुची पक्राउ परेपछि पहिलोपटक उनलाई भेट्ने म्यानमार बाहिरको पहिलो सरकारी अधिकारी थाइ विदेशमन्त्री प्रमुडविनाइ हुन्।


इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसीयान) का विदेशमन्त्रीहरूको बैठकमा थाइल्याण्डका विदेशमन्त्रीले नेत्री सुचीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनको स्वास्थ्यमा कुनै समस्यमा नरहेको बताए।

म्यान्माको वर्तमान संकट समाधानका निम्ति वार्ता हुनुपर्नेमा नेत्री सुचीले जोड दिएको र त्यसनिम्ति आफू तत्पर रहेको बताएकी थाई विदेशमन्त्री प्रमुडविनाइले जानकारी दिए । ‘म्यान्मा समस्या समाधानको बाटो खोजिरहेको’ नेत्री सुचीले बताएको उनले जानकारी दिए ।

सेनले सत्ता कब्जा गरेपछि त्यसको सशस्त्र प्रतिरोधमा व्यापक बल प्रयोग हुँदा सयौँले ज्यान गुमाएका छन् देश अराजकतातर्फ उन्मुख भएको छ । संयुक्त राज्य अमेरिकाका साथै युरोपेली मुलुकका सरकारले म्यान्माको सैन्य सरकारमाथि प्रतिबन्ध लगाएका छन् । उनीहरूले सचीसहितका अन्य सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

म्यान्मा संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय दबाबमा आसियान रहेको छ । संकठनले म्यान्माका जनरलहरूलाई बैठकहरूमा भाग लिनबाट रोकेको छ । म्यान्मा संकट समाधानका योजनाप्रति उसले बेवास्ता गरेकाले संघठनले म्यान्मालाई बैठमा सहभागी हुनबाट रोकेको हो ।

म्यान्माका सैनिक शासकले आसियानलाई एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारभूत सिद्धान्तहरू उल्लंघन गरेको आरोप लगाएका छन् । आसियान नेताहरूले पाँच–बुँदे शान्ति योजना कार्यान्वयन गर्न आह्वान गरेका छन् ।