थाइल्याण्डको संसदले अर्को हप्ता प्रधानमन्त्रीको लागि पुन: मतदान गर्ने



बैंकक। थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ।

पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए।


हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताको अर्को सरकारको नेतृत्व गर्ने सुधारवादी अभियानलाई बिहीबार विधायिकाका सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए। यसले राज्यको कडा शाही मानहानी कानूनमा सुधार गर्ने उहाँको प्रतिज्ञालाई खतराको संकेत देखाएको छ।

राज्यको सर्वोच्च निर्वाचन निकायले संवैधानिक अदालतले पितालाई सांसद पदबाट निलम्बन गर्न सिफारिस गरेको एक दिनपछि नै मतदान भएको हो।

थाइल्याण्डको संसदले जुलाई १९ मा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने भएको उपसभामुख पिचेत चुआमुआङफानले एएफपीसँग बताए।

मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, “नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकीे कार्यतालिका उस्तै छ। कुनै फेरबदल भएको छैन।”

एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसद समेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए।

उनले भने, “हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ। अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया संकलन गरिरहेको छ।”

पिताले आफू आगामी सरकारको नेतृत्वका लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन्।

केवल १३ सिनेटरहरूले सुधारवादी उम्मेदवारको पक्षमा मतदान गर र धेरैले देशको कडा शाही मानहानी कानूनमा सुधार गर्ने एमएफपीको प्लेटफर्मको विरोध गरे।

शक्तिको दुरुपयोग

सन् २०१४ मा भएको ‘कू’ बाट सत्तामा आएका प्रयुत चान–ओ–चाको नेतृत्वमा सेनासमर्थित करिब एक दशक लामो शासनलाई मतदाताले ठाडै अस्वीकार गरेका थिए।

तर तल्लो सदनका कन्जरभेटिभ सांसदहरू र जुन्टाद्वारा नियुक्त सिनेटरहरूले उहाँलाई आफ्नो समर्थन नदिने सङ्केतका साथ परिणाम झन्–झन् अत्याज्य भएको थियो।

एमएफपीको सुधारवादी एजेन्डाप्रति देशको शक्तिशाली अनुदारवादी संस्थापन पक्षबाट आपत्ति आएको छ। व्यापारिक एकाधिकारलाई चलाउने पार्टीको योजना पनि पुरानै नेतृत्वसँग अलोकप्रिय छ।

निर्वाचन आयोगले बुधबार पितालाई चुनाव प्रचारसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा संसदबाट निलम्बित गर्न सिफारिस गरेको थियो।

थाइल्याण्डको कानुनअनुसार प्रतिबन्धित एक मिडिया कम्पनीमा पिताको शेयर स्वामित्वबारे छानबिन भएपछि यो सिफारिस गरिएको हो। सन् २००७ देखि उक्त स्टेसनले प्रसारण गरेको छैन र पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतका रूपमा पाएको बताएका छन्।

पिताको एमएफपी एक मात्र पार्टी थियो जसले शाही मानहानी कानूनको काँटेदार मुद्दाको सामना गर्न अभियान चलायो र त्यसले पनि प्रधानमन्त्री चयनलाई समस्यामा पारेको छ।

संवैधानिक अदालतले उक्त प्रतिज्ञा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने प्रयास गरेको आरोप लगाउँदै दायर गरिएको मुद्दालाई स्वीकार गरेको छ। पार्टीलाई आफ्नो प्रतिरक्षा प्रस्तुत गर्न दुई हप्ताको समय दिइएको छ।