तुलसीपुरमा ७३  वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ



तुलसीपुर । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै बलात्कृत भएकी छन् ।

गएराति पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेका हुन् ।


बलात्कारमा संलग्न ३० वर्षीय पुष्कर रोका र २० वर्षीय रेशम विकलाई घटनास्थलबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला रोका ती युवाहरुले फकाएर बसभित्र लगी बलात्कार गरेका थिए । उनीहरुमाथि थप कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।