काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा बस्नेत नियुक्त



काठमाडौँ । गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आएका बस्नेतलाई सरुवा गरिएको हो ।

यसअघि उनले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।