कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार : हिक्मत कार्की



काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताएका हुन् । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने उनको भनाई छ ।


उनले भने, ‘मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन तयार छौं । कोशी प्रदेशमा कसैको पनि बहुमत नभएपछि संकट टार्न मिलेर जान तयार छौं।’

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन् ।