एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचित



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचित भएका छन् ।

आज (जुलाई ३० मा ) भएको ११औं महाधिवेशनमा २९५५ मत प्राप्त गर्दै निउरे निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उनीसहित चार जनाले उम्मेदवारी दिएका थिए ।


अध्यक्ष पदका अन्य उम्मेदवार संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।