इजरायलले अमेरिकासँग लडाकु विमान किन्ने



जेरूसेलम । इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ ।

लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ ।


यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ– ३५ विमान दिएको छ।

रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।