काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।
आरजुले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
सो निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।