काठमाडौँ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ ।
बिहीबार विभागले विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ ।
भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा बुधबार ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको असी किलो भन्दाबढी सुन बरामद गरिएको थियो ।
त्यसक्रममा ६ भन्सार एजेण्टसहित ६ जना पक्राउ परेका छन् । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार यस प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी भइरहेको छ ।