सुन तस्करी प्रकरणमा नेकपा एमालेले संसदमा सरकारसँग जवाफ माग्ने



काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा एमालेले संसदमा सरकारसँग जवाफ माग्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने भएको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले क्विन्टल सुन भित्रिनुमा कर्मचारीको मात्र संलग्नता नभएको भन्दै एमालेले सरकारसँग जवाफ माग्ने बताए । यस प्रकरणको अनुसन्धानका लागि भन्सार जाँच पासमा संलग्न कर्मचारीहरूसहित अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।