श्रीलंकामा पहिलो अभ्यास खेलमा नेपाल पराजित



काठमाडौं । एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा स्थानीय ब्लुमफिल्ड क्रिकेट क्लबसँग पराजित भएको छ ।

बुधबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा ६ विकेटले हर बेहोरेको छ ।


यस खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पछाएको ब्लुमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।

एसिया कपका लागि श्रीलंकामा १५ दिनको विशेष तयारी गरिरहेको नेपालले त्यहाँ कुल चार अभ्यास खेल खेल्ने तालिका छ । नेपालले अब शुक्रबार पी सारा ओभलमा तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।