भारतले नेपालमा सरकार बनाउँछु भनेको छैन, तर प्रचण्डले भनिरहेका छन् : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए ।


“सत्तापक्षले संसदमा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारे । उनले भने, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललिता निवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”