फोहोर व्यवस्थापन सूचारु गर्न बोलाइएको बैठक निष्कर्षविहिन



काठमाडौं । ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित बासिन्दा र सहरी विकास मन्त्रालयबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

तीन दिनदेखि सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्थानीय बासिन्दा र सहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठकले निष्कर्ष निकाल्न सकेन ।


बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्यान्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफलले निष्कर्षमा नपुगेको बताए । उनले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने जानकारी दिए ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई-तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीय बासिन्दाले फोहोरको गाडीहरु रोकेपछि अहिले फोहोर व्यवस्थापन रोकिएको छ ।