दाहालको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले समवेदना प्रकट गरेका छन् ।

आफ्ना पूर्वमुख्यसचिव पशुपतिभक्त मर्हजनमार्फत पूर्वराजा शाहले नेकपा माओवादी केन्द्रको मुख्यलाय पेरिसडाँडा पुगेर स्वर्गीय सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।


पूर्वराजाको समवेदना सन्देशसहित बुधबार पेरिसडाँडा पुगेका मर्हजनले माओवादी महासचिव देव गुरुङमार्फत समवेदना व्यक्त गरेका थिए ।