गायक तथा संगितकार रविन तामाङको निधन



काठमाडौं ।  चर्चित नेपाली रक गायक तथा संगितकार रविन तामाङको निधन भएको छ । ‘रोबिन एण्ड द न्यु रिभलुसन’ रक ब्याण्डका संस्थापक उनको मंगलबार राति निधन भएको हो ।

बूढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको हो । उनको मृत्युको कारण खुलेको छैन । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


रोबिन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।