कारागारभित्र कैदीले गरे आत्महत्या



बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।


मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

प्रजिअ आर्चायले घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको बताए । उनले आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।