काठमाडौँ । भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएको थियो । बाँकी संरचना पनि भत्काइने महानगरले जनाएको छ ।
महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनले निवेदन दायर गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ ।