सरकारद्वारा मेयर बालेनकाे बेल्जियम भ्रमण स्वीकृत



काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बुधवार बिहान बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।


जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।