काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले गरेका ६ महिनाको कार्यप्रगति प्रस्तुत गरेका छन् । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राख्दै प्रधानमन्त्री बनेका प्रचण्ले बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले ६ महिनाको अवधिमा गरेका ३५ बुँदे रिपाेर्ट कार्ड प्रस्तुत गरेका हुन् ।
६ महिना पूरा हुँदा सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशासनका सन्दर्भमा खरो रूपमा उत्रिएको छ । सरकार गठन हुँदा विभिन्न सरकारी निकायमा हुने लामा लामा सेवाग्राहीको लाइन क्रमशः हट्दै गएको छ भने सरकारले अर्थतन्त्रको सुधारका लागि अवलम्बन गरेको नीतिका कारण त्यसमा सकारात्मक प्रभाव परेको छ ।
राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रलगायतमा लाग्ने लामा लाइन हटेर क्रमशः हट्दै सहज बन्दै गएको छ । यसबाट नागरिकले सहज रूपमा सेवा पाएका छन् । यसबीचमा सरकारले सुशासनको क्षेत्रमा पनि महत्त्वपूर्ण प्रयास गरेको छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई कानुनी दायरामा ल्याएको छ । उनले यसलाई इतिहासकै ठूलो अनुसन्धान र कारबाही भनेका छन् ।
त्यस्तै, ललिता निवास प्रकरणमा जोडिएका केहीलाई हिजो मंगलबार मात्रै पक्राउ गरिएको छ । नागरिकस्तरमा सकारात्मक सन्देश प्रवाह गर्न यसपटक सरकार सफल भएको छ । विकास निर्माणको कामलाई गति दिनेदेखि नयाँ आयोजनाको सुरुआत गर्ने काममा प्रधानमन्त्री प्रचण्ड लगातार क्रियाशील छन् ।
पूर्णपाठ: