काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टीका जनबर्गिय सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, नागरिकता विधेयक, संघीयताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको हो।
दिउँसो २ बजे बबरमहलबाट सुरु हुने जुलुस प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन्।
नेपाली भूमि सट्टापट्टाको विरोध गरिरहेको राप्रपा नेपालले हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएको छ।