मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सिङ्गो सदनले दियो विश्वासको मत



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।


१०७ सदस्य रहेको मधेश प्रदेशसभाको बैठकमा १०३ जना उपस्थित थिए । बैठकमा उपस्थित १०३ जना सांसदले नै उनलाई विश्वासको मत दिएका हुन् । विपक्षमा शून्य मत परेको छ ।