त्रिभुवन विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ



काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन्।

सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो।


सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए। विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो। यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ।