जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ ।


जसपा केन्द्रीय समितिको हिजो बसेको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आज प्रस्तुत गरिने छ ।

यसैगरी भोलि सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । असार १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।