एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । 

आज बिहान संसद भवन नयाँबानेश्वरमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो । 


प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पारित गर्नका लागि पेस गर्ने तयारी छ ।

प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।