काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्ध चौथो सफलता हासिल गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले ४४औं ओभरमा चौथो विकेट गुमाएको हो ।
नेपाली बलर दिपेन्द्र सिंह ऐरीले वेस्टइण्डिजका निकोलस पुरनलाई आउट गरेका हुन् । पुरन ११५ रन बनाएर आउट भएका हुन् ।
दिपेन्द्रले शाइ होप र पुरनबीचको २१६ रनको साझेदारीलाई ब्रेक गरेका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्टइन्डिजले ४४ ओभरमा ४ विकेट गुमाएर २७१ रन बनाएको छ ।