अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग लिखित जवाफ मागेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर साहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’


त्यसपछि अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।