![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
हेटौँडा । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)