हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले महानगरपालिकाले बन्द गरेको उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन ‘हिसान’ त्यसविरुद्ध अदालत गएको थियो ।


बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले ‘हिसान’ को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न आदेश दिएको हो । मेयर शाहले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै नगर प्रहरी खटाएर मेला रोक्न लगाएका थिए ।