सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने र ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

मंगलबार ग्लोबल टी–२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले सुर्रे जागुराज र दीपेन्द्रले मोन्ट्रेल टाइगर्सबाट तेस्रो संस्करणको लिग खेल्ने पक्का गरेको हो ।


जुलाई २० देखि ६ अगस्टसम्म क्यानडामा आयोजना हुने प्रतियोगितामा ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स, मोनट्रेल टाइगर्स, सुर्रे जागुसाजगरी ६ टिमको सहभागिता रहेको छ ।

सन्दीप र दीपेन्द्र यतिबेला विश्वकप छनोटका लागि जिम्बावेमा रहेका छन् ।