संसद् बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकको नियमित कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन। तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमित रुपमा संसद् बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो।


राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद् बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव पेस गरेका छन्।