ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई अदालत लगियो



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

मंगलबार भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ परेका थिए ।


उनीहरुलाई हिरासतमा राख्ने अनुमति अदालत लगिएको हो । त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको थियो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।