राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ ।

शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।


अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन् ।