काठमाडौं । स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ । राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन ।
उनी गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए ।