राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । 

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए । 


उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।