यूएईका राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा



अबु धाबी । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशिदलाई लिखित पत्र पठाएका छन्  ।

सो सम्मेलन एक्सपो सिटी दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुँदैछ ।


उक्त निमन्त्रणा पत्र इराकका लागि यूए‍ईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ ।