मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन बिक्री ८२ प्रतिशतले बढ्यो



चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ ।

विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७.२९ मिलियन युनिट पुगेको छ ।


सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।