महानगरद्वारा दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल



काठमाडौँ । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल गरेको छ ।

महागरपालिकाको टोलीले दर्ताबिना सञ्चालन हुँदै आएका बौद्धको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरको हाम्रो सहयात्री अस्पताल एवम् बर्थिङ सेन्टरमा सिल गरेको हो ।


अनुगमन टोलीले दुवै अस्पताल दर्ता नवीकरणबिना सञ्चालन भइरहेको पाएको थियो ।