काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भने, ‘बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो ।
अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।’