![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
विराटनगर । बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर एक हप्ताअघि बलात्कारको प्रयास गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ । प्रहरीले प्याकुरेललाई बुधवार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)