बजेट ल्याउन कोशी प्रदेश सरकारद्वारा अध्यादेश जारी



विराटनगर । कोशी प्रदेश सरकारले बजेट ल्याउन अध्यादेश जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका छन् । अल्पमतमा परेको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि बजेट ल्याउन अध्यादेश जारी गरेको हो ।


अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।