प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ असार १ गते



काठमाडौँ । संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन सिंहदरबारमा आज बसेको समितिको बैठकले असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरेकाे  छ।


समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गर्नेछ । यस्तै, प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग बिहीबार बयान हुने तालिका रहेको छ ।

कार्कीले समितिसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गरिसकेका छन् । 

वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध समितिलाई २९ वटा उजुरी परेका छन् । 

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीले ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि  अनिवार्य अवकाश पाउँदै छन् ।