प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथको दर्शनका लागि शनिबार साँझ पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत मन्त्री पनि पशुपति पुगेका थिए ।


उनले त्यहाँ आरती पनि अवलोकन गरेका थिए । यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए। गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।