प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो : अध्यक्ष ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भएका बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको बताउँदै प्रधानमन्त्रीका भारत भ्रमणले उत्साहित हुनुपर्ने अवस्थामा चिन्ताको अवस्थामा रहेको दाबी गरे ।


बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गर्दै अध्यक्ष ओलीले सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताए ।

उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसक्ने बताए ।

‘सिमा समस्या समाधान गर्न विकल्प विभिन्न हुन सक्छन् तथ्य प्रमाणका अधारमा छलफल गर्न सकिन्छ । तर सुगौली सन्धीभन्दा ठूलो तथ्य प्रमाण के हुन सक्छ । तर, प्रधानमन्त्री ज्यूको भारत भ्रमण फितलो भयो,’ उनले भने ।