प्रतितोला एक सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।  

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो । 


तेजाबी सुनको मूल्य पनि  एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।