काठमाडौं । नेपाली कांग्रेस निकटका मजदुरहरुको संगठन ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।
हिजो भएको संगठनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर-गगन पक्षका उम्मेदवारले जितेका छन् । अध्यक्षमा निर्वाचित कुँवर पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी,महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा,उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे र महासचिवमा अजयकुमार राई निर्वाचित भएका छन् ।