निजामती कर्मचारीले टिकटक बनाए कारबाही



काठमाडौं । निजामीत कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै बनाएको पाइएमा कारबाही गर्ने भएको हो ।

कार्यालय समयमा टिकट बनाएमा, कार्यालयको पोसाक लगाएर टिकटक बनाएमा वा कार्यालयको सवारी साधन प्रयोग गरेर टिकटक बनाएको पाइएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् ।


निर्देशन विपरीत टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गरिने भट्टराईले बताएका छन् । पछिल्लो समय टिकट नबनाउने व्यक्ति भेट्न नै मुस्किल रहेको अवस्थामा मन्त्रालयले यस्तो नियम बनाएको हो ।

टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले यस्तो नियम बनाउनु परेको भट्टराईले जानकारी दिए ।