देउवा दम्पती आज सिंगापुर जाँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा स्वास्थ्यको नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।


पत्नीसहित आरजु राणासहित सिंगापुर जान लागेका देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।